१ भदौ ०८१, काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघको काठमाडौं जिल्ला भेला सम्पन्न भएको छ । भेलाले अध्यक्ष ऋषिराम थापाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
शनिबार पेरिसडाँडा कोटेश्वरमा सम्पन्न भेलाबाट अध्यक्ष थापा नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा बाबुलाल श्रेष्ठ, दिया बुढा, किरण सिटौला, सचिव रमेश लाल श्रेष्ठ, सहसचिव भोजराज तामाङ, होम ढुङ्गाना, कोषाध्यक्ष उर्मिला नेपाल र सह कोषाध्यक्षमा सन्तोष वि.क. निर्वाचित भएका छन् ।
यसैगरी उक्त कार्यसमितिका सदस्य नवराज पौडेल, अनिशा खड्का, राजन घिमिरे, दल बहादुर दवाडी, राम श्रेष्ठ, उमेश राउत, जित बहादुर राना, गोविन्द राई, अनुराधा गुरुङ, लक्ष्मी गुरुङ, कमल वि.क. सर्वसम्मत चयन भएका छन् ।
सो भेलाको अध्यक्षता ओम प्रकाश पुनले गरेका थिए भने सञ्चालन अखिल नेपाल सेक्युरिटी मजदुर संघका केन्द्रीय सचिव रमेश नेपालले गरेका थिए । भेलामा अन्टुफ केन्द्रीय अध्यक्ष जगत सिम्खडा लगायत महासंघका केन्द्रीय पदाधिकारीहरु साथै अन्टुफ बागमतीका सचिव लिला बहादुर श्रेष्ठ, अन्टुफ काठमाडौ जिल्ला अध्यक्ष रमेश के.सी.को आतिथ्य रहेको थियो ।