अख्तियारको फन्दामा पत्रकार कनकमणी दीक्षित !

१० बैशाख, काठमाडौं ।

Kanak-Maniअख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई पाटनढोकास्थित दीक्षित निवास छेवैबाट दिउँसो २ बजे पक्राउ गरेको छ ।

प्रहरीले उनलाई दिएको पक्राउ पुर्जीमा ‘गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले सँगै आउन’ भनिएको छ ।

अख्तियारले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले संस्थाको अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरेको, गैरकानुनी सम्पत्ति आर्जन गरेको, संस्थाको आर्थिक हिनामिना गरी स्वदेशी तथा विदेशी बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको, संस्थाको सम्पत्तिलाई पैतृक सम्पत्ति सरह बेचविखन गरेको लगायत विषयमा परेका उजुरीमाथि छानविन भइरहेका बताउँदै दीक्षितलाई गत मंसिर १७ गते आयोगमा उपस्थित हुन बोलाएको तर दीक्षित २४ गते उपस्थित भएर सम्पत्ति विवरण फाराम बुझेको तथा ३० गते फाराम भरेर बुझाएको अख्तियारले जनाएको छ ।

साथै, दीक्षितले बुझाएको सम्पत्ति विवरण एकिनका लागि सम्वद्ध निकायहरुमा पत्राचार गर्दा सोबाट संकलित कागजात तथा विवरणहरु सम्पत्ति विवरणसँग मेल नखाएको अख्तियारको दावी छ ।

दीक्षितले दूतावासबाट यसरी उठाउथे रकम !

दीक्षितले ले द साउथ एसिया ट्रस्टका नाममा करोडौं रकम उठाएर भ्रष्ट्राचार गरेको अख्तियारको दाबी छ । दीक्षितले ट्रस्टका नाममा नर्वे्जियन दूतावासमार्फत लिएको ६ करोड २७ लाख रकमबारे पनि आयोगले यस अघि नै छानबिन अघि बढाएको थियो । २२ अगस्त, २०१३ मा ट्रस्टका नाममा दूतावाससंग ३८ लाख ९२ हजार नर्वेली क्रोनर अर्थात ६ करोड २७ लाख रुपैयाँ सहयोगसम्बन्धी सम्झौता भएको थियो ।
अख्तियारको आरोपबारे दीक्षितले दिएको स्पष्टिकरणमा दूतावासको लेटरप्याडमा चलानी नम्बर १३\००५८५ रहेको सम्झौतामा ‘क्षेत्रीय शान्ति र विकास प्रवद्र्धन गर्ने आमसञ्चारमाध्यमको प्रयोग परियोजना’ का लागि रकम लिने उल्लेख गरेका छन ।
‘आयोगमा उपस्थितिका लागि सम्बन्धित अनुसन्धान अधिकृतद्वारा पटक(पटक टेलिफोन तथा पत्राचार गरी सूचित गर्दा समेत सो को अवज्ञा गर्दै उहाँले आफू आयोगमा उपस्थित नहुने निवेदन समेत दर्ता गराई कानूनको प्रतिकूल आचरण गरेको र अनुसन्धान कार्यमा बाधा व्यवधान पुर्याएको हुनाले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९(१) को (ग) को कानूनी प्रावधान अनुसार पक्राउ गरी आयोगमा ल्याइएको र निज उपर थप अनुसन्धान तथा तहकिकात कार्य जारी राखिएको व्यहोरा जानकारी गराइन्छ। ’ अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

तपाइको मत