२८ फागुन ०७५, काठमाडौं । अख्तियार दुरुपयिोग अनुसन्धान आयोले रारा पर्यटन वर्ष उद्घाटनमा भएको खर्चबारे अनुसन्धान थालेको छ ।
प्रदेशसभाको सार्वजनिक लेखा समितिले पर्यटन वर्षको उद्घाटनमा लाखौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
अख्तियारले उद्घाटनको खर्च विवरण उपलब्ध गराउन भन्दै प्रदेश सरकार र मातहतका मन्त्रालयलाई पत्र काटेको छ ।
प्रदेश सरकारले वैशाख १ गते मुगुको रारामा पर्यटन वर्ष उद्घाटन गरेको थिया । उद्घाटनमा व्यापक आर्थिक अनियमितता भएको ठहर गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिले कारबाही गर्न प्रदेश सरकारलाई निर्देशन दिइसकेको छ ।