२३ साउन ०७४, विराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डलले अत्यावश्यक वस्तुमा कृतिम अभाव गरी कालोबजारी गर्नेहरुलाई कडा कार्वाही गर्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल, मोरङले विराटनगरमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री मण्डलले सामाजिक अपराध तथा सजाय ऐनलाई संशोधन गरेर भएपनि कालोबजारी गर्नेलाई कानुनको दायरामा ल्याउने बताएका हुन् ।
फितलो कानुनको फाइदा उठाउँदै व्यापारी र उद्योगीले कालोबजारी गर्ने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्न ऐन संशोधन गरी कडा बनाउने तयारी गरिएको बताए ।
मन्त्री मण्डलले संशोधनको ड्राफ्ट तयार भइसकेको र त्यसमा कालोबजारी गर्नेलाई बढी भन्दा बढी जरिवाना गर्नेदेखि लाइसेन्स खारेजीसम्मको प्रावधान राखिएको जानकारी दिए ।