२९ फागुन कठमाडौं । सरकारले धरानस्थित नेपालकै प्रतिष्ठित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताबारे छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ ।
उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा प्रतिष्ठानमा भएको अनिमितताका बारेमा छानविन गरी कार्वाही प्रक्रिया अघि बढाउन मन्त्रालयले आयोगलाई पत्राचार गरेको हो ।
पत्रमा प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले बिगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि आयोगलाई आग्रह गरिएको छ ।
प्रतिष्ठानमा बिगतदेखि भएका अनियमितताका सम्बन्धमा विभिन्न सञ्चार माध्याममा सामाचार आएका तथा सरकारले गठन गरेका दुइवटा समितिको छानविन प्रतिवदेनका आधारमा अख्तियारलाई पत्राचार गरिएको मन्त्रालयले जानकारी दिएको छ ।