अन्टुफको कर्णाली प्रदेश संयोजक चुनिइन् गीता

सुर्खेत । अखिल नेपाल ट्रेड युनियन महासंघसम्बद्ध महिला कमिटीको कर्णाली प्रदेशस्तरीय भेला आयोजक कमिटी गठन भएको छ ।

बिहीबार सुर्खेतको बिरेन्द्रनगरमा महासंघका केन्द्रीय सचिव एवम् प्रदेश सांसद सुशीला पुनको प्रमुख आतिथ्यमा बसेको कर्णाली प्रदेशका अगुवा महिलाहरूको बैठकले गीता कुमारी ओलीको संयोजकत्वमा ११ सदस्यीय भेला आयोजक कमिटी गठन गरेको हो ।

ओलीको नेतृत्वमा गठित भेला आयोजक कमिटीको सदस्यहरूमा सिर्जना ओली, ललिता कडेरा, पार्वती पुन, देवीसरा थापा, ओम कुमारी थापा, मञ्जु धमला लगायत रहेका छन् ।

नवगठित कमिटीका संयोजक ओलीले असारको पहिलो हप्ताभित्र भेला आयोजना गरी कमिटीलाई पूर्णता दिने र कर्णाली प्रदेशका सबै जिल्लामा महिला कमिटी गठन गर्ने जानकारी दिइन् ।

तपाइको मत