१६ जेठ ०७६, सुर्खेत । अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यवाहक अध्यक्ष जगत सिम्खडाले अहिलेकाे कार्यनीति अनुरूप मजदुर संगठनकाे निर्माण र परिचालन गर्नु पर्ने बताएका छन् ।
बिहीबार अन्टुफ कर्णाली प्रदेशको एकता तयारी बैठकलाई सम्बाेधन गर्दै कार्यवाहक अध्यक्ष सिम्खडाले यस्तो बताएका हुन् ।
‘मजदुरकाे अधिकार सुनिश्चित हुन्छ भने थाेरै दु:ख किन नगर्ने ?’ सिम्खडाले भने, ‘अहिलेकाे कार्यनीति अनुरूप मजदुर संगठनकाे निर्माण र परिचालन गर्नुपर्छ । श्रम ऐन र याेगदानमा आधारित सामाजिक सुरक्षा काेष ऐन कार्यान्वयन गर्न बिशेष जाेड दिनुपर्छ ।’
उनले मजदुरहरूकाे बलिदानीपूर्ण संघर्षबाट याेगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐन प्राप्त भएकाले यसकाे कार्यान्वयनमा मजदुर संगठनले नै बिशेष पहल लिनुपर्ने बताए ।
बैठकमा ट्रेड युनियन महासंघ, नेपालका सह-संयाेजक समेत रहेका सिम्खडाले अन्टुफ-जिफन्टकाे एकताका लागि संगठनलाई चुस्त र तयारी अवस्थामा राख्न पनि सुझाए ।
एकता तयारीका लागि बसेकाे कर्णाली प्रदेशको उक्त बिस्तारित बैठकमा महासंघका केन्द्रीय उपाध्यक्ष साेमबहादुर थापा, धनबहादुर बि.क., सचिव एवम् सांसद सुशीला पुन र साेम तामाङले प्रशिक्षाणात्मक मन्तव्य राखेका थिए ।
कर्णाली प्रदेश अन्तर्गतका जिल्ला कालिकोट बैठक जेठ २१ गते, जुम्ला २३ गते, मुगु र हुम्लाकाे संयुक्त २५ गते, सुर्खेत १८ गते, दैलेख २० गते, जाजरकोट २४ गते, सल्यान २२ गते, रूकुम २६ गते र डाेल्पा बैठक असारमा बस्ने निर्णय भएको अन्टुफ कर्णाली प्रदेश इन्चार्ज प्रकाशले जानकारी दिए ।















