३१ भदौ ०७८, कास्की । अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशकाे बैठक मातहतका समितिहरूकाे बैठक तथा भेला, सम्मेलन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।
बिहीबार पाेखरामा बसेकाे बैठकले महासंघ केन्द्रीय सचिवालयकाे निर्णयअनुसार जिल्ला महासंघ, स्थानीय तह साथै सबै पेशागत संगठनकाे बैठक तथा भेला, सम्मेलन गर्ने निर्णय गरेकोे हाे ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य राजकाजी गुरूङकाे प्रमुख आतिथ्यमा बसेकाे उक्त बैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय उपाध्यक्ष एवम् स्कुलिङ, अनुगमन तथा अनुशासन विभाग प्रमुख जय कार्की, उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज एसबी थापा मगरकाे विशेष आतिथ्यता रहेको थियोे ।
अन्टुफ गण्डकीका अध्यक्ष रूद्र गाैतमकाे अध्यक्षता एवम् सञ्चालनमा भएको उक्त बैठकमा जिल्ला महासंघ र पेशागत संगठनका नेतृत्वहरूले रिपोर्टिङसँगसँगै सांगठनिक सुझाव राखेका थिए ।