४ असोज ०८०, ललितपुर । अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ गोदावरी नगर समितिको प्रथम भेलाले रामभक्त बुढाथोकीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
गोदावरीको बाँडेगाउँमा भएको भेलाले बुढाथोकीको नेतृत्वमा उपाध्यक्ष डम्बर लामा, शेखर गिरि, सचिव विकास विष्ट, सहसचिव प्रदीप गौतम, कोषाध्यक्ष मैना थापामगर रहेको पदाधिकारी चयन गरेको छ ।
यस्तै उक्त कमिटीको सदस्यहरुमा प्रताप तामाङ, सन्तोष आचार्य, यमकुमार मगर, मिना लामा, रामकुमार मण्डल, दिलीप यादव, अन्जु बम्जन रहेका छन् ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ज्ञानु बस्नेतको प्रमुख आतिथ्यमा भएको उक्त भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघका बरिष्ठ उपाध्यक्ष धनबहादुर विक, उपाध्यक्ष एसबी थापामगर, सोम तामाङ, माओवादी केन्द्र जिल्ला समन्वय ललितपुरका संयोजक शीव कट्टेल, सचिव दिपक पुलामी, अन्टुफ बागमतीका अध्यक्ष मिलन लामा, उपाध्यक्ष होमबहादुर खड्का, माओवादी केन्द्र गोदावरी नगरपालिका अध्यक्ष भाग्यराम महर्जन, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कुमारी लामा लगायत अतिथिहरुले नवगठित कमिटीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित मजदुरको हकहितमा काम गर्न निर्वाचित कार्यसमिति सफल हुने विश्वास व्यक्त गरेका थिए ।