अन्टुफ म्याग्दे गाउँ समिति अध्यक्षमा खड्क कुमाल सर्वसम्मत चयन

५ मंसिर ०८०, तनहुँ । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) म्याग्दे गाउँ समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले खड्क बहादुर कुमालको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

मंगलबार म्याग्दे गाउँपालिकाको थर्पूघुम्तीमा भएको सम्मेलनले कुमालको नेतृत्वमा उपाध्यक्ष पुरन गिरी, सचिव महेन्द्र थापा, कोषाध्यक्ष निर्मला परियार, सदस्यहरू रेख बहादुर थापामगर, बल बहादुर विक र बलहादुर कामी सर्वसम्मत चयन गरेको हो ।

उक्त सम्मेलनमा नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् तनहुँका इन्चार्ज शैलेन्द्र घिमिरे, जिल्ला संयोजक मदन आले, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापामगरले बैचारिक राजनीतिक तथा संगठनका विषयमा प्रष्ट पार्दै बधाई तथा शुभकामना दिएका थिए ।

यस्तै म्याग्दे गाउँपालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष होम आले, ज्येष्ठ कम्युनिष्ट मञ्च म्याग्देका संयोजक पूर्ण मिझार, अन्टुफ तनहुँका अध्यक्ष बीर बहादुर थापा लगायतले नयाँ कार्यसमितिलाई आगामी बाटोका बारेमा दिशा निर्देश गर्दै बधाई साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।