अन्तर्राष्ट्रिय फुटबलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी थापा अब राजनीतितिर !

११ बैशाख, काठमाडौं ।

माईरिपब्लिकाबाट

माईरिपब्लिकाबाट

अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि पहिलो ह्याट्रिक गर्ने खेलाडी तथा दुई दशक लामो फुटबलको नेतृत्व सम्हालेका अखिल नेपाल फुटबल संघ (एन्फा)का निलम्बित अध्यक्ष साथै राप्रपा नेपालका तर्फबाट वर्तमान सांसद समेत रहेका गणेश थापाको अपील विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले खारेज गरिदिएको छ ।

पदीय दुरुपयोग गरेको भन्दै  फिफाले गत कात्तिक २३ गते १० वर्षसम्म फुटबलका कुनैपनि गतिविधिमा सङ्लग्न हुन नपाउने गरी थापालाई प्रतिबन्ध लगाएको थियो । त्यसपछि थापाले फिफामा अपील गरेका थिए । तर, थापाको प्रतिबन्धविरुद्धको अपीललाई फिफाको इथिक्स कमिटीले खारेज गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमाण नपुगेको भन्दै थापाको मुद्दा तामेलीमा राखेको थियो । फिफाको निर्णयले अख्तियारलाई दबाब परेको छ भने सांसद थापा तत्काल फुटबलमा फर्कने सम्भावनाको ढोका पनि बन्द भएको छ ।

थापालाई फिफाले १० वर्षे प्रतिबन्ध लगाउने समयमा झन्डै २१ लाख रुपैयाँ जरिवाना समेत गरेको थियो ।

तपाइको मत