अन्नपूर्ण आधार शिविरमा युएन महासचिवले रेकर्ड गराए जलवायु परिवर्तनको सन्देश

तस्बिर : युनिश गुरुङ

१४ कार्तिक ०८०, पोखरा । संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनको भिडियो सन्देश रेकर्ड गराएका छन् ।

चारदिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज बिहानै नेपाली सेनाको हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुगेर भिडियो सन्देश रेकर्ड गराएका हुन् ।

महासचिव गुटरेसले सोमबार फेवातालमा डुङ्गा चढेका थिए भने पुम्दीभुम्दीस्थित महादेवको मूर्ति दर्शन समेत गरेका थिए ।

उनले केही समयपछि पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गरेर लुम्बिनी प्रस्थान गर्दैछन् भने अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।