अबको भिजन, गुणस्तरीय जीवन – मन्त्री पम्फा भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले शुक्रबारदेखि औपचारिकरुपमा निर्वाचन प्रचारप्रसार शुरु गरेकी छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधिसभामा साझा उम्मेदवार बनेकी भुसालले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोणसहित ललितपुरको ठैबबाट घरदैलो कार्यक्रम शुरु गरेकी हुन् ।

घरदैलो अभियानमा मन्त्री भुसालका साथमा ललितपुर क्षेत्र नं ३ (१)का प्रदेशसभाका उम्मेदवार राजकाजी महर्जन र (२) का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ पनि सहभागी थिए ।

ललितपुर क्षेत्र नं ३ को संयुक्त वाम–लोकतान्त्रिक गठबन्धन दलहरुले निर्वाचन क्षेत्रभित्र घरदैलो अभियानलाई प्रभावकारी बनाउन संयुक्त सर्कुलर समेत जारी गरेको छ ।

उम्मेदवार भुसालले शुक्रबार नै ललितपुर महानगरपालिका वडा नं ३ का महिला दिदीबहिनीसँग छलफल गर्दै आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताइन् । साथै सो क्रममा उनले आफ्नो पहलमा ललितपुर क्षेत्र नं ३ का टोल वस्तीमा जनअपेक्षाअनुसारका महत्वपूर्ण काम भएको र बाँकी काम सम्पन्न गर्नका लागि आफू फेरि जनताको माझमा आएको बताएकी थिइन् ।

ऊर्जामन्त्री पम्फा भुसालको सचिवालयकाअनुसार उनको पहलमा ललितपुरमा भएका कामहरूः

  • ग्वार्को, सात दोबाटो र एकान्तकुनामा निर्माण गरिने फ्लाईओभरको अध्ययन सम्पन्न ।
  • बाग्मती, नख्खु र कर्मनासा कोरिडोरको निर्माण कार्य सुरु ।
  • पार्क तथा सार्वजनिक भवनहरूको निर्माण (गुठी भवनहरू, कवर्ड हलहरू, ठेचो र हरिसिद्धि सार्वजनिक भवन, छयासीकोट सभागृह, कुसुन्ती पार्क, धोविघाट पार्क, सहिद तथा बेपत्ता पार्क, चापागाउँ पार्क, मगर समाज भवन लगायत)
  • राजकुलो पुनः निर्माण तथा संरक्षण र सिँचाइ : भोर्लेकुलो, खोकना राजकुलो, हरिसिद्धि राजकुलो, दारे–गङ्गामाइ राजकुलो, ठेचो–सुनाकोठी राजकुलो, इखुढ–चपेढ–माखढ राजकुलो (गोदावरी) सहित ११ वटा राजकुलो, हरिसिद्धि, बढीखेल, माल्टा र इकुडोलमा लिफ्ट सिँचाइ आदि ।
  • झोलुङ्गे पुलहरूको निर्माण : बालकुमारी–ओखातबस्ती जोड्ने पुल, कार्यविनायक–मछिन्द्रबाहाल जोड्ने सांस्कृतिक पुलको पुनःनिर्माण ।
  • सडक निर्माण तथा स्थरोन्नती (मगरगाउँ–वाइवाइ फ्याक्ट्री, अष्टभुजा देवी मन्दिर–सैंबू हाइट, खोकाना दोबाटो–बसपार्क–कार्यविनायक, ललितपुर महानगर–१८ वडा कार्यालय अगाडि–इनार–जारकाटे दोबाटो बुङ्गमति, बुङ्गमति–फर्सीडोल–डुकुछाप हुँदै माल्टा जोड्ने सडक लगायत) –ललितपुर जिल्ला अन्तर्गगत डिभिजन सडक कार्यालयबाट भएका कामहरु ।
  • नदी तथा पहिरो नियन्त्रणका कार्यहरू (धापाखेल, कार्यविनायक, सुनाकोठी, चापागाउँ, लेले, हरिसिद्दि, हात्तीवन, सैंबु, भैसेंपाटी, बागडोल, पाको, वाग्मतीनदी, नख्खुखोला, कर्मनासा महादेवखोला लगायत)
  • भूकम्पपछिको पुनःनिर्माण (खोकनास्थित रुद्रायाणी मन्दिर, रातो मिच्छीन्द्रनाथ, भीमसेनलगात सम्पदाहरू) ।
  • महिला सशक्तिकरणका कार्यहरू : सुनाकोठी, खोकना, बुड्मति लगायत ।
  • खारेज भएको सडक डिभिजन कार्यालयको पुनः स्थापना ।
  • खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण ।
  • खानेपानी : बत्सलादेवी खानेपानी आयोजनामापÞर्mत सैंबूको खानेपानी समस्या समाधानसहित अन्य खानेपानीका आयोजना अगाडि बढाइएको छ । फर्सीडोल, फंैचा खानेपानी व्यवस्थापन, सिद्धिपुर खानेपानी मुहान संरक्षण, गोदावरी खानेपानी ट्याड्की संरक्षण लगायत ।