२८ मंसिर ०७५, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ बाट एक सय आठ कार्टुन मदिरा बरामद गरेको छ ।
११ वटा साईकलमा लोड गरी नेपालबाट भारततर्फ अबैध रुपमा लैजाँदै गरेको अवस्थामा प्रहरीले दिलवाले नामको एक सय आठ कार्टुन मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।
प्रहरी चौकी रामपुर मल्हनिया र सशस्त्र प्रहरीको संयुक्त गस्तीमा गएको टोलीलाई देखेर मदिरा ओसार्ने व्यक्तिहरु मदिरा र साइकल छोडेर फरार रहेको उपरीक्षक विष्टले जानकारी दिए । बरामद मदिरा र साईकललाई भन्सार कार्यालय सप्तरीमा बुझाईएको छ ।













