२४ जेठ ०७५, काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ ।
सरकारले बिहीबार कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएलगत्तै खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने निर्णय गरेको हो ।
खड्काले राजीनामा दिएलगत्तै मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले खड्काले आफैले राजीनामा दिएर सहज बनाएकाले अबको निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न आजैदेखि प्रक्रिया अघि बढाएको बताए ।
आयल निगमको जग्गा खरिद विवादमा परेका खड्काले मन्त्रालय तानिएको ९ महिनापछि कार्यकाल ६ महिना बाँकी रहँदै राजीनामा दिएका हुन् ।