अब विद्युत महसुल इन्टरनेटमार्फत बुझाउन सकिने

५ भदौ ०७४, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा सुरु गरेको छ ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अनलाइन सेवा सुचारु गरेको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमालाइन लागेर महसुल तिर्नपर्ने बाध्यता हट्ने बताएका हुन् ।

ऊर्जामन्त्री शाहीले भने, ‘प्राधिकरणको शाखा कार्यालयमा लाइन लागेर महसुल तिर्नपर्ने बाध्यता अब हट्छ ।’

प्राधिकरणले  १५ दिनभित्र उपत्यकाका सबै ग्राहकलाई यस्तो सुविधा दिने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

लगनखेलस्थित प्राधिकरण कार्यालयका ग्राहकले सोमबारदेखि अनलाइनबाटै भुक्तानी गर्न थालेका छन् । यो सुविधासँगै ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्न पर्ने बाध्यता हटेको छ ।

बैंक, मोबाइल, वालेट सर्भिस प्रोभाइडर, तथा रेमिट्यान्स कम्पनी गरी अहिलेलाई झन्डै १५ हजार शाखाबाट यस्तो महसुल तिर्न सकिने सुबिधा उपलब्ध भएको छ ।

यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई-सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिनेछ । साथै, प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्लीयरिङ हाउससँग पनि सम्झौताकोे तयारी गर्दैछ । यस्तो महशुल किओस्क, पोस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिनेछ ।

मिटर रिडिङ पनि कार्यालयबाटै

ऊर्जामन्त्री शाहीले मिटर रिडिङका लागि मिटर रिडरलाई घर-घरमा जानैपर्ने बाध्यतालाई हटाउन लागेको जानकारी पनि दिएका छन् । उनले सबैतिर स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै मिटर रिडिङ हुने व्यवस्था गर्ने बताए ।

 

तपाइको मत