अमेरिकामा साइडलाइन भेटवार्ताको व्यस्तता : प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागत कार्यक्रम स्थगित

७ असोज ०८१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा अमेरिकामा रहेका नेपाली समुदायले आयोजना गरेको कार्यक्रम स्थगित गरिएको छ ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार राखिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्तता देखाउँदै स्थगित गरिएको हो ।

आयोजकले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको तस्वीरसहितको ब्यानरमा मञ्च समेत तयार पारिसकिएको थियो ।

कार्यक्रम स्थगित भएपछि महावाणिज्य दूतावासले यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट दुःख व्यक्तसमेत गरेको छ ।