अमेरिकी अधिकारीहरुको आरोप बकवास मात्र – रुसी प्रवक्ता दिमेत्री

२२ असोज, काठमाडौं । यही वर्ष नोभेम्बर ८ मा अमेरिकीहरु ४५ औँ राष्ट्रपति चुन्दैछन् । राष्ट्रपतिको दौडमा डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प छन् ।

राष्ट्रपतिका उमेदवार ट्रम्प र क्लिनटन आ–आफ्नो प्रचारमा जमेर लागेका छन् । यसै बिच अमेरिकी अधिकारीहरुले चुनावमा हस्तक्षेप गर्न राजनीतिक दलका विरुद्ध आधिकारिक रुपमा ‘रुस’ले साइबर हमला गरेको आरोप लगाएको छ ।

आन्तरिक सुरक्षा विभागले हालै हृयाक गरिएका इमेल रुसद्वारा निर्देशित तरिकासँग मेल खाएको भन्दै रुसले अमेरिकी राज्यमा चुनाव सम्बन्धी पद्धतिमा स्क्यानिङ तथा छानबिनको कोशिश गरेको अमेरिकी आरोप छ ।

तर, रुसी प्रवक्ता दिमेत्री पेसकोवले अमेरिकी आरोपलाई ‘बकवास’को संज्ञा दिएका छन् ।

तपाइको मत