३ असोज ०८०, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी जोन ब्लिंकेनले संविधान दिवसको अवसरमा अमेरिकी जनता र सरकारको तर्फबाट शुभकामना व्यक्त गरेका छन् ।
आज बुधबार एक सन्देशमार्फत् विदेशमन्त्री ब्लिंकेनले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।
ब्लिंकेनको शुभकामना सन्देशमा भनिएको छ, ‘आज असोज ३, नेपालको संविधान दिवसको अवसरमा म संयुक्त राज्य अमेरिकाको तर्फबाट सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।’
उनले संविधान दिवसका अवसरका द्विपक्षीय मित्रता, आपसी समझदारी, विश्वास र सद्भावलाई बढावा दिन, जनता–जनता बीचको प्रगाढ सम्बन्ध बन्नेमा विशवास व्यक्त समेत गरेका छन् ।
‘हामी यो विशेष दिन मनाउने क्रममा हाम्रा दुई राष्ट्रहरू बीच यी अमूल्य सम्बन्धहरूप्रति हाम्रो शान्ति, सहयोग, र पारस्परिक समृद्धिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई नवीकरण गर्न चाहन्छौं’ अमेरिकी विदेशमन्त्री ब्लिंकनले भनेका छन् ।