अर्यालले लगाए आईजीपीको फुली : डीआईजी सिलवाल फुली खोज्न सर्वोच्चतिर लागे

prakash-aryal-2

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका नववियुक्त प्रहरी महानरीक्षक (आईजीपी) प्रकाश अर्यालले सोमबार दर्ज्यानी चिन्ह ‘फुली’ लगाएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डीआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयमा राति आयोजना गरिएकाे कार्यक्रममा प्रहरी प्रमुख अर्याललाई गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

अर्याललाई बढुवा गर्नु अघि सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समिति गठन गरेको थियो ।

समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा मन्त्रिपरिषद बैठकले डीआईजी अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो ।

डीआईजी सिलवाल पीसीसी बैठकमा अनुपस्थित

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा डीआईजी नवराज सिलवाल अनुपस्थित भएका छन् ।

अर्यालको स्वागतमा प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम गरिएको थियो । जहाँ अर्याललाई सलामी दिइएको थियो । जसमा सरकारले आईजीपीमा बढुवा गरेर पनि फुली लगाउन नपाएका डीआईजी जयबहादुर चन्द सहभागी भएका छन् ।

तर, सिलवाल भने पीसीसी मिटिङ छाडेर सरकारको निर्णयविरुद्ध अदालत पुगेका छन् ।

आइजीपी बनाउन माग गर्दै डीआइजी सिलवाल सर्वोच्चमा

आफूलाई आइजीपी बनाउन माग गर्दै डीआइजी नवराज सिलवाल सर्वोच्च अदालतमा पुगेका छन् ।

सिलवालबाट दर्ता गरिएको रिट निवेदनमा अर्यालको नियुक्ति खारेज गरी आफूलाई आइजीपी बनाउन माग गरिएको छ ।

मंगलबार बिहान सिलवालले दर्ता गराएको रीटमा बुधबारका लागि पेशी तोकेको छ ।

 

स्रोतकाअनुसार सिलवालले अदालतको अवहेलना सम्बन्धमा सर्वोच्चमा दोस्रो मुद्दा दर्ता गराउँदै छन् ।

सरकारले सोमबार साँझ प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेपछि डीआइजी सिलवाल रिट लिएर अदालत पुगेका हुन् ।

 

 

तपाइको मत