अविश्वासको प्रस्तावको समर्थनमा मधेसी मोर्चा

२९ असार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेस र माओवादीले बुधबार प्रधानमन्त्री केपी आलीविरुद्ध संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावको समर्थन  गरेको छ ।

बुधबार बसेको मोर्चाको बैठकले संघीय गठवन्धनमा आवद्ध ४२ सभासदको हस्ताक्षर बुझाउने निर्णय गरेको हो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओली सरकारको पतन ढीला भ एको बताउँदै मधेसी मोर्चाले सरकारको नेतृत्व गर्ने दलले आफ्ना माग पूरा गर्ने प्रतिवद्धता जनाए संसदमा हुने नयाँ प्रधानमन्त्रीको निर्वाचनमा भाग लिने बताए । तर, उनले संविधान संशोधन गरेर आफ्ना माग पूरा गरे सरकारमा जाने बताए ।

तपाइको मत