१५ कार्तिक ०७५, राजविराज सप्तरी प्रहरीले अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोलीले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ खाँडो खोला पुल नजिकैबाट चेकजाँचका क्रममा सप्तरीको राजविराज नगरपालिका १० वस्ने २० बर्षीय प्रिन्सकुमार मण्डललाई लागु औषधसहित पक्राउ गरेको हो ।
भारतको कुनौली नाकाबाट खरिद गरेर ल्याएका मण्डलको साथबाट प्रहरीले नाईट्रोभेट ट्याब्लेट २६ पिस र डाईलेक्स नामक एउटा कफ सिरफ बरामद गरेको छ ।













