अवैध सुनसहित चाबहिलबाट एक जना पक्राउ

१५ असार ०७५, काठमाडौं । प्रहरीले अवैध सुनसहित एक जनालाई काठमाडौं–७, चाबहिलबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, गौशालाको टोलील विमानस्थलको भन्सार छलेर ल्याइएको १ सय ग्राम सुनसहित जितवनको गौंडा–१ घर भइ हाल काठमाडौंको मण्डिखाटार बस्ने ४३ वर्षीय पूर्णबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले उनको साथबाट १ सय ग्राम सुनसहित विभिन्न कम्पनीको ४ वटा ल्यापटप बरामद गरेको बताए ।

तपाइको मत