आँखा पाक्ने रोगका लक्षण, रोकथामका उपाय

काठमाडौं । हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने समस्या देखिएकाले सतर्क रहौं ।

आँखा पाक्ने रोगका लक्षणहरु
– आँखा रातो हुने र चिलाउने
– आँखाबाट आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्ने
– आँखाको ढकनी रातो हुने, सुन्निने
– आँखा बिझाउने÷दुख्ने
– घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

रोकथामका उपाय
भाइरल कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। त्यसैले रोकथामका निम्त उपायहरु अपनाएर आँखा पाक्ने रोगबाट बचौं ।
– संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने ।
– संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तैः टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने ।
– जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने।
– व्यक्तिगत सरसफाइमा ध्यान दिने।

भाइरल कन्जन्टिभाइटिस भइहाले आत्तिनु पर्दैन। यो रोग १ देखि २ हप्तामा आफैं निको हुन्छ। स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगरौं ।

आँखा पाक्ने रोग लागेमा के गर्ने ?
यो रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैं निको हुन्छ। घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु यसप्रकार छन् ः

– बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने ।
– आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने ।
– आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने ।
– प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने ।
– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।
– संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने ।
– संक्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगरौं। दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा जाऔं ।

स्वास्थ्य मन्त्रालय