१६ मंसिर ०७५, काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा आइतबार दिउँसो २ बजे यता अवरुद्ध भएको छ ।
सुन्धारामा अप्टिकल फाइबरमा समस्या आएका कारण काठमाडौंमा आंशिक रुपमा सेवा अवरुद्ध भएको हो ।
अप्टिकल फाइबरमा समस्या आएका कारण टेलिकमको नेटवर्कमा फोन नलाग्ने, कुरा गर्दागर्दै काटिने जस्ता समस्या आएको छ ।