२० पुस ०७५, राजविराज । राजविराज नगरपालिका १ पडरियामा आगलागिबाट स्थानीय शिशिर कान्त झाको घर जलेर नष्ट भएको २४ घण्टा बित्न नपाउँदै एक संस्थाले पीडित परिवारलाई राहत प्रदान गरेको छ ।
पीडित परिवारलाई राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका सामाग्री संस्थाका अध्यक्ष ई. सूर्य नारायण यादव र वडा अध्यक्ष चन्द्र शेखर चौधरीले संयुक्तरूपमा वितरण गरेका हुन् ।
राहत वितरण गर्ने क्रममा संस्थाले वडा अध्यक्ष चन्द्र शेखर चौधरी र स्थानीय समाजसेवी परमेश्वर झालाई सम्मानित समेत गरेको थियोे ।
सोही अवसरमा स्थानीय समाजसेवीहरु ईन्द्र कान्त झा, जीवकान्त झा, मुक्ति झा, जवाहर यादव लगायत स्थानीय बुद्धिजीवीको उपस्थिति रहेको थियो ।
झाको घरमा बिहीबार बिहान १० बजे आगलागी हुँदा तीन लाखभन्दा बढीको धनमालको क्षति भएको थियो ।













