११ बैशाख ०७४, नेपालगञ्ज । बाँकेको डडुवा गाउँपालिका १, पुडुवा गाउँमा आइतबार राति साढे ११ बजे भएको आगलागीमा परेर एकै घरका तीन जना बाल-बालिकाको मृत्यु भएको छ ।
आगलागीमा परेर मुन्सी मुराउका तीन सन्तान ६ वर्षीय पवन मुराउ, ८ वर्षीय रामजी मुराउ र १० वर्षीया सोनी मुराउको मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकाराी रविलाल पन्थले दिएको जानकारीअनुसार राति खाना खाएपछि बच्चालाई घरमा सुताएर बाबुआमा खलियानमा गहुँ दाउन गएका बेला यस्तो दुःखद घटना भएको हो । आगलागीबाट पुडुवा गाउँका ८ वटा कच्ची घर जलेको छ ।