२८ बैशाख ०७८, काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन बढाएर जेठ १३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
सो बैठकले राष्ट्रिय प्राथमिकताका विकास निर्माणका काम बाहेक निर्माण कार्य समेत रोक्ने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा १० जना भन्दाबढी सहभागी हुन नपाइने उनले बताए ।
निषेधाज्ञा अवधिभर औषधि पसल र अत्यावश्यक खाद्यवस्तु दिनभरि साथै तरकारी पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।
सुरक्षाकर्मीले अत्यावश्यक काममाबहेक बाहिर हिँडडुल गर्न निस्किएका निषेधाज्ञा उल्लङ्घन गर्ने सर्वसाधरणलाई समेत होल्डिङ सेन्टरमा खडाखडी राख्न थालेको छ ।
नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि उपत्यकाको तीन जिल्लामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर बैशाख २९ गतेसम्म पु¥याइएको थियो ।