३२ असार ०७९, कास्की । अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशको बैठक सम्पन्न भएको छ । बैठकले आगामी भदौ ६ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ ।
शनिबार पोखरामा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेशका इन्चार्ज एसबी थापाको प्रमुख आतिथ्यमा बसेको उक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा अन्टुफ गण्डकीका अध्यक्ष रुद्र गौतमको विशेष आतिथ्यता रहेको थियो । साथै, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय संयोजक रामचन्द्र कार्की महाधिवेशन आयोजक समितिका कार्यालय सदस्यहरु दिपक केसी, सुन्दर केसी, शरद सुवेदी, सूर्यभक्त पौडेलको आतिथ्य रहेको सो बैठकको अध्यक्षता यातायात मजदुरका गण्डकी प्रदेश अध्यक्ष झंक पौडेलले र सञ्चालन सचिव रमेश कोइरालाले गरेका थिए ।