आचारसंहिता विपरित  भएका दर्जनौं कर्मचारीहरुको सरुवा फुकुवा

२९ भदौ ०७४, काठमाडौ । निर्वाचन आचारसंहिता विपरित  भएका दर्जनौं कर्मचारीहरुको सरुवा फुकुवा भएको छ ।

निर्वाचन आयोगले सरुवाको अनुमति दिएपछि सामान्य प्रशासन मन्त्रालयले स्थगित गरिएका ति सबै सरुवा फु्कुवा भएको हो ।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि  सामान्य प्रशासन मन्त्रालयले भदौ १२ र १४ गते दर्जनौं कर्मचारीहरुको सरुवा गरेको व्यापक विरोध भएपछि सो सरुवालाई सामान्य प्रशासन मन्त्रालयले स्थगित गरेको थियो ।

तपाइको मत