काठमाडौं । राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले ओबीओआरमा हस्तक्षर गर्ने निर्णयदेखि विजयकुमार गच्छदार उपप्रधानमन्त्री बनेको साथै पहिलो चरणमा हुने निर्वाचनको विषयलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा प्रकाशित गरेका छन् ।
गोरखापत्र दैनिकले ओबीओआरमा हस्ताक्षर गर्ने निर्णय, गच्छदार उपप्रधानमन्त्री, उपत्यकाका चार दिशा जहाँ नयाँ सहर बन्दैछ शीर्षकलाई पहिलो पानामा प्राथमिकताका साथ छापेको छ ।
यसैगरी अन्नपूर्ण दैनिकले थापालाई तगारो शीर्षकमा विजयकुमार गच्छदार उपप्रधानमन्त्री बनेको समाचारलाई प्राथमिकता दिई प्रकाशित गरेको छ ।
यसैगरी राजधानी दैनिकले कामचलाउ बजेट १५ जेठमा, सात पद आठ चिह्न विवेक पु¥याए बिग्रन्न शीर्षकलाई अग्रपृष्ठमा प्राथमिकताका दिई छापेको छ ।



















