३ साउन ०७५, काठमाडौं । आज १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
विपक्षी दलले सदन अवरुद्ध गर्ने तयारी गरेपछि सभामुख कृष्णबहादुर महराले विशेष कारण देखाउँदै सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।
सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसद अवरुद्ध पर्दै आएको छ । राष्ट्रिय जनता पार्टी नेपाल र नयाँ शक्ति पार्टी पनि काँग्रेसलाई साथ दिने पक्षमा देखिएको छ ।
अब अर्को बैठक साउन ११ गते मात्र बस्न भएको छ ।













