१ असोज, काठमाडौँ । आजदेखि वैदिक परम्पराअनुसार आफ्ना पितृको श्रद्धा र सम्झना गर्ने सोह्रश्राद्ध सुरु भएकाे छ ।
हिन्दु परम्परा अनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म आफ्ना दिवङ्गत पितृको तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य पिण्डदान गरिने हुनाले सोह्रश्राद्ध भनिन्छ ।
सोह्रश्राद्धले सन्ततिलाई पितृप्रतिको दायित्व बोध र पितृ ऋणबाट मुक्त गराउँछ भन्ने मान्यता छ ।
आज विश्वकर्माको विशेष पूजा
आज कालीगढले कलकारखानामा विश्वकर्माको विशेष पूजा गरी विश्वकर्मा पर्व मनाउँदैछन् । आज घरघरमा आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनश्रुतिअनुसार फलाम निर्मित घरेलु सामान साथै सवारी साधान हुनेहरुले सवारी र कलकारखाका सञ्चालकहरुले आफ्ना औजार र मेशिनहरुको पुजा गरी यो पर्व मनाउँदैछन् ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । यही सम्झनामा नेपालका कालीगढले विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्दै विश्वकर्माको गुण प्राप्त हुने विश्वासमा विश्वकर्मा पूजा गर्दछन् ।