आज आमाको मुख हेर्ने दिन : श्रद्धा व्यक्त गर्दै, आशिर्वाद लिँदै

२१ बैशाख ०७६, काठमाडौं । आज पौराणिक कालदेखिनै मनाउँदै आइरहेको “आमा औंसी” आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरी मनाइँदै छ ।

हरेक वर्षझैं यस वर्ष पनि बैशाख कृष्णपक्षको औंसी अर्थात् आमा खुवाउने औंसी, आमाको मुख हेर्ने दिन, मातातीर्थ औंसी आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै श्राद्ध-तर्पण गरी मातृत्वको स्मरण गर्दै मनाएका छन् ।

वर्षभरि नै श्रद्धा, भक्ति, सम्मान र आदर गरिने आमालाई मातातीर्थ औंसीका दिन विशेष सम्मानसहित उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाउने र छोराछोरीहरूले आमाबाट आशिर्वाद लिने प्रचलन छ ।

बैशाख कृष्णपक्षको औंसीमा आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिने हुँदा नै यसदिनलाई आमाको मुख हेर्ने दिन पनि भनिएकाेे हाे ।

विवाह गरेर गएका छाेरीहरू पनि आज विभिन्न परिकारहरूसहित आमाघर (माइत) पुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत् पनि सम्झने गर्दछन् ।

देश-विदेेशमा हुनेहरूले बिहानै आमालाई फोन गरेर, सँगसँगै हुनेहरूले श्रद्धा भाव व्यक्त गरेर र कतिपयले सामाजिक सञ्जालका माध्यमबाट आमाप्रति उच्चसम्मान र सम्झनाहरू व्यक्त गरेका छन् । साथै, आमा नहुनेहरूले नजिकैको तीर्थस्थलमा पुगेर आमाको सम्झनामा परम्पराअनुसार श्राद्ध तर्पण गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आमाप्रति श्रध्दा व्यक्त गरिएका केही सन्देश :

गण्डकी प्रदेश सभाकी सांसद आशा काेइरालाले आमाप्रति श्रध्दा व्यक्त गर्दै यसरी लेखेकी छिन् :

अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीले आमाप्रति श्रध्दा व्यक्त गरी यसरी लेखेका छन् :

अखिल नेपाल ट्रेड युनियन महासंघसम्वद्ध गलैँचा मजदुरका अध्यक्ष साेनाम लामाले आमाप्रति श्रध्दा व्यक्त गर्दै यसरी लेखेका छन् :

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्कीले आमाप्रति श्रध्दा व्यक्त गर्दै यसरी लेखेकाछन् :

आमाप्रति श्रध्दा व्यक्त गरी शुभम रानाभाटले यसरी लेखेका छन् :

बैदेशिक रोजगारीमा रहेका जगतराम बर्देवाले सामाजिक सञ्जाल फेसबुकमा आमाप्रति श्रध्दा व्यक्त गरी यसरी लेखेका छन् :

बैैैदेशिक राेेेजगारीमै रहेका दलु थापा सामाजिक सञ्जाल फेसबुकमा आमाप्रति श्रध्दा व्यक्त गरी यसरी लेख्छन् :

सामाजिक सञ्जाल फेसबुकमा आमाप्रति श्रध्दा व्यक्त गरी पत्रकार देवीराम देवकोटाले यसरी लेखेका  छन् :

एक स्वराेजगार युवा सनिस राना आमाप्रति श्रध्दा व्यक्त गर्दै फेसबुकमा यसरी लेख्छन् :

 

यस्तै लक्ष्मण पाैडेल फेसबुकमा आमाप्रति श्रध्दा व्यक्त गरी यसरी लेख्छन् :

 

तपाइको मत