आज आमा औंसी पर्व मनाइँदै

१७ बैशाख ०७९, काठमाडौं । आज बैशाखकृष्ण पक्ष औँसी, देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ आमा औंसी पर्व मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

आजका दिन छोराछोरीहरुले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।