१ भदौ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
अध्यक्षद्वय प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।
श्रेष्ठले सचिवालय बैठकमा पार्टीको आन्तरिक समस्याको हल खोजिने साथै देशकै समसामयिक विषयमा छलफल गरिने बताए ।