३ फागुन ०७९, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बिहान ११ बजेबाट सुरु हुने बैठकमा सम्भावित कार्यसूची कानुनमन्त्री धुर्वबहादुर प्रधानले सम्पत्ती शुद्धीकरण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गर्ने छन् ।
त्यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।