२९ मंसिर, सिरहा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यालय सदस्य मातृका यादवका छोराको बिहेमा बुधबार सहभागी हुँदैछन् ।
प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रका कार्यालय सदस्य एवम् प्रदेश नम्बर २ इन्चार्ज समेत रहेका यादवको छोराको बिहेमा जान लागेका हुन् ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हरिनारायण चौधरीले प्रधानमन्त्री प्रचण्ड सिरहा क्षेत्र नम्बर ५ को निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको बैठकमा सहभागी हुन आउने बताए ।
‘प्रधानमन्त्री प्रचण्ड पहिले निर्वाचित सिरहा क्षेत्र नम्बर ५ को निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको बैठकमा सहभागी हुन आउँदै हुनुहुन्छ’ चौधरीले भने ।
माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री प्रचण्ड जन्ती आउने विषयमा प्रष्ट नबताए पनि मातृका यादवको छोराको विवाहलाई प्राथमिकता दिएर आउन लागेको बुझिएको छ ।