१७ जेठ ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल एयरलाइन्सको नियमित उडानबाट आज भारत भ्रमण जाँदैछन् ।
प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ः२५ मा पत्रकार सम्मेलन गरेर दिउँसो १ बजे चार दिने भारत भ्रमण जान लागेका हुन् ।
आज प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्ने छन् । साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।