२८ बैशाख ०७८, काठमाडौं । आज बैशाख कृष्ण पक्ष, मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व । देश-विदेशमा रहेका नेपालीहरूले आमालाई श्रद्धा र भक्तिपूर्वक सम्मान गरेर मनाइँदैछ ।
हरेक वर्ष जन्मदिने आमाको श्रद्धा, भक्ति, सम्मान र आदर गर्दै आमाबाट आशिर्वाद लिई यो पर्व मनाइन्छ ।
आमा हुने छोराछोरीहरूले आजका दिनलाई विशेष दिनका रूपमा लिएर आमालाई उपहारसहित फलफूल लगायतका विभिन्न परिकारका खानेकुरा खान दिई आशीर्वाद थाप्ने र आमा नभएकाहरूले आमालाई तर्पण तथा पिण्ड दिई आमाकाे स्मरण गर्दै यश पर्व मनाउने प्रचलन छ ।