आज मातातीर्थ औंसी आमाप्रति श्रद्धा, सम्मान व्यक्त गर्दै मनाइँदै

१३ बैशाख ०७४, काठमाडौं । आज मातातीर्थ औंसी जन्म दिने आमाप्रति सम्मान र आदर व्यक्त गर्दै आमाको मुख हेर्ने दिन मनाइँदैछ ।IMG_20170426_104841

हरेका वर्ष बैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्दै यो पर्व मनाइन्छ ।

मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।

आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताएका छन् ।

आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।

तपाइको मत