२३ असार, काठमाडौँ । अरबी पात्रोअनुसार आज दसौँ महिनाको पहिलो दिन मुस्लिम समुदायले नमाज पाठ गरी इद उल फितर पर्व मनाउँदै छन् ।
नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए अनुसार अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज बेलुकी चन्द्रमा देखिएपछि भोलि इद उल फित्र मनाउन लागिएको हो ।
नेपालमा बुधबार चन्द्रमा देखिने भएकाले बिहीबार इद उल फित्र पर्व मनाइँदै छ । तर, पश्चिम एसियाली मुलुकमा मङ्गलबार चन्द्रमा देखियो, उनीहरुले हिजो बुधबार नै इद पर्व मनाए ।
यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यो मीठो मसिनो खाई मनाउँछन् । दशौँ महिनाको पहिलो दिनलाई शौवाल भनिन्छ ।