२ साउन ०७४, काठमाडौं । आज साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
भक्तजन बिहान २ बजेदेखि लाइनमा बसेको भए पनि मन्दिरको तीन ढोका ३ बजेपछि मात्र खोलिएको थियो ।
पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाकाअनुसार पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले भक्तजनले दर्शन गरिरहेका छन् ।
पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको सिटौलाले जानकारी दिए ।
संसदीय सुनुवाईपछि आइतबार प्रधानन्यायाधीयमा नाम अनुमोदन भएका प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहान ७ बजे पश्चिम ढोकाबाट प्रवेश गरी पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।