विश्व शक्तिका रुपमा उदाइरहेको चीनले संसारकै सबैभन्दा शक्तिशाली मिसाइलको सफल परीक्षण गरेको समाचार प्राप्त भएको छ ।
गत हप्ता मात्रै परीक्षण गरिएको यो मिसाइलको भिडियो र समाचार आजमात्रै सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले परीक्षण गरेको यो मिसाइललाई दोङफेङ्ग–४१ नामाकरण गरेको छ ।
संसारमै सबैभन्दा शक्तिशाली र लामो दुरीसम्म मार हान्न सक्ने यो मिसाइलले आधा घण्टाभित्र संसारका जुनसुकै कुनामा आक्रमण गर्नसक्छ । ३० मिनेटमै १४ हजार किलोमिटरसम्म दौडिने यो मिसाइलले अमेरिका, बेलायत, रुसजस्ता शक्तिशाली देशलाई आधा घण्टामै ध्वस्त पार्नसक्छ र एकसाथ १० वटा आणविक हतियार प्रहार गर्छ ।
पछिल्लो समय दक्षिण चीन सागरमा अमेरिका, भारत र फिलिपिन्सले संयुक्त गस्ती गर्ने घोषणा गरी सेना नै उतारेपछि रिसाएको चीनले शक्तिशाली हतियार सार्वजनकि गरेर संसारलाई देखाएको हो । यसबाट अमेरिका-चीनबीच तनाव बढ्ने अनुमान गरिएको छ ।
चीनको यो कदममा अमेरिकी रक्षा मन्त्रालयले असन्तुष्टि जनाएको छ । पछिल्लो समय अमेरिका र विश्वलाई तर्साउने गरी उत्तर कोरियाले मिसाइल परीक्षण गरिरहेका बेला चीनले पनि आफ्नो शक्ति देखाएको हो ।
साभार : दैनिक नेपालबाट ।