आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

२ असोज ०७६, काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने भएको छ ।

ज्येष्ठ नागरिकको सम्मानस्वरुप निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था असोज १ गतेदेखि नै लागू हुने विज्ञप्तिमार्फत जनाएको छ ।

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार प्राविधिक तयारी पूरा नभएका कारण हाललाई सेल्स अफिसबाट टिकट लिने ज्येष्ठ नागरिक ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि ५० प्रतिशत छुटको दिने बताए ।

तपाइको मत