आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ

१९ जेठ ०७४, काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन्।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाजिम्पाटस्थित आन्तरिक राजश्व विभाग कार्यालय परिसरबाटै राजस्व हिनामिना गरेको आरोपमा  शर्मालाई नियन्त्रणमा लिएको हो।

कर फर्छ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति, एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई नियन्त्रणमा लिएर अहिले अख्तियारकै हिरासतमा राखेको अख्तियारले जनाएको छ।

एनसेलको कर प्रकरण संलग्न भएको, अकुत सम्पत्ति कमाएको र कर फरछौंट आयोगमा ब्यापारीलाई अर्बौै रकम छुट दिएको आरोप उनीमाथि लागेको छ।

तपाइको मत