आपूर्ति राज्यमन्त्रीले गरे थानकोट डिपोमा आकस्मिक निरीक्षण

१६ भदौ ०७४, काठमाडौं । आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिक  नेपाल आयल निगमको थानकोटस्थित डिपोको निरीक्षण तथा अनुगमन गरेका छन् ।

बिहीबार साँझ राज्यमन्त्री बिक सहितको टोलीले उपत्यकामा पेट्रोलियम पदार्थ आयात तथा बिक्री वितरणको अवस्थाबारे बुझ्न आकस्मिक रुपमा डिपोको निरीक्षण गरेका हुन् ।

राज्यमन्त्री बिकलाई डिपो प्रमुख नेत्र काफ्लेले वितरण लगायत डिपोमा रहेका अन्य विविध समस्याका बारेमा जानकारी गराएका थिए ।राज्यमन्त्रीले डिपोको निरीक्षण तथा अनुगमन गरी सहज आपूर्ति र गुणस्तर कायम गर्न  र भण्डारण क्षमता स्तरोन्नतिका लागि प्रकृया अगाडि बढाउन डिपो प्रमुखलाई निर्देशन दिएका छन् ।

त्यस्तै उनले डिपोको ल्याब तथा पार्किङ लगायत समस्यालाई तत्काल सम्बोधन गरेर बजारमा छिटो इन्धन पुर्‍याउन र उपभोक्तालाई सहजरुपमा वितरणको व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

तपाइको मत