आर्थिक वर्ष ०७३/०७४ का लागि १० खर्ब ५० अर्ब रुपैयाँ रकम बराबरको बजेट प्रस्तुत

१५ जेठ, काठमडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७३/०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँ रकम बराबरको बजेट व्यवस्थापिका सांसदमा प्रस्तुत गरेका छन् ।

अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४१ अर्ब रुपैयाँले बढी हो । योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ तोकेको थियो ।

सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ बीमा गर्ने घोषणा गर्दै स्वास्थ्य बीमालाई अभियानकै रुपमा सञ्चालन गर्ने जनाएको छ । साथै, सरकारले एक प्रदेश एक शिक्षण अस्पताल अभियानलाई जोड दिएको छ ।

यसैगरी गरिबलाई विभिन्न ८ प्रकारका रोगको उपचारका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको थियो ।

तपाइको मत