आलमलाई थप ८ दिन थुनामा राख्न अनुमति

८ कार्तिक ०७६, काठमाडौं । बम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा प्रहरी हिरासतमा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमलाई अनुसन्धानको लागि आठ दिनको म्याद थप गरेको छ ।

जिल्ला अदालत रौतहटले आलमलाई अनुसन्धानका लागि भन्दै थप ८ दिनको म्याद राख्न तेस्रो पटक म्याद थप गरेका हो । अदालतले सुरुमा सात दिन र दोस्रो पटक पाँच दिन थुनामा राख्न अनुमति दिएको थियो ।

अदालतले तेस्रो पटक थप ८ दिन म्याद थप गरेपछि आलमको समर्थनमा उनका समर्थकले मुखमा कालो पट्टी बाँधेर मौन जुलुस निकालेका छन् ।

जुलुुसमा सहभागी समर्थकले अनावश्यक धरपकड बन्द गर, विधिको शासन कायम गर, निष्पक्ष र धाधलीरहित छानविन गर, निर्दोष आलमलाई रिहा गर, लगायतका प्ले कार्ड बोकेका थिए ।

प्रहरी हिरासतमा रहेका आलमलाई सर्बोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २६ गते ईदरिस गेटबाट पक्राउ गरेको थियो।

तपाइको मत