इम्बोस्ड प्लेट प्रदेशकै संरचनामा वितरण गरिने

२१ भदौ ०७४, काठमाडौं । सरकारले अञ्चलको संरचनाअनुसार सुरु भएको इम्बोस्ड प्लेटको वितरण प्रदेशकै संरचनामा वितरण गर्ने बताएको छ ।

बुधबार बसेको विकास समिति बैठकमा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड प्लेट प्रदेशअनुसार वितरण गर्ने गरी तत्काल तयारी थाल्ने बताएका हुन् ।

उनले अहिले अञ्चलको नाम उल्लेख भएको स्थानमा प्रदेश राख्न प्राविधिक तयारी थाल्ने र त्यतिञ्जेल प्लेटको छपाइ रोक्ने जानकारी दिएका छन् ।

यातायात ब्यवस्था विभागमा महानिर्देशक रुपनारायण भट्टराईले बैठकपछि ठेकेदार कम्पनीसँग छलफल गरेर अञ्चलको सट्टामा प्रदेश नम्बर उल्लेख गर्ने बताए ।

अब  यसका लागि मन्त्रालयले उच्च स्तरको प्राविधिक समिति बनाउनेछ । त्यसको सुझावअनुसार इम्बोस्डमा गर्नुपर्ने परिमार्जनमा छलफल हुनेछ ।

सरकारले दुईसाता अघि मात्र सरकारीलाई अनिवार्य गर्दै बागमती अञ्चलबाट निजीलाई स्वेच्छिक रुपमा लिन सक्ने ब्यवस्था गरेको थियो ।

तपाइको मत